गरिबी निवारणका लागि नुवाकोटमा १० करोड
नुवाकोट, २१ असार । नुवाकोटमा गरिबी निवारणका लागि करीब १० करोड लगानी भएको छ । गरिबी निवारण कोषमार्फत लगानी गरिएको हो ।
विसं २०७१ चैतदेखि जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत नौ करोड ३६ लाख ९९ हजार लगानी भएको बताइएको छ ।
