रड प्रहार गरी ससुराको हत्या

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १०:०१
File Photo

स्याङ्जा, २१ असार । स्याङ्जामा रड प्रहार गरी आफ्नै ज्वाँइले ससुराको हत्या गर्नुका साथै सासुलाई घाईते बनाएका छन् । ज्वाइँले रड प्रहार गर्दा घाइते भएका स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको उपचारको क्रममा मृत्यू भएको हो ।

उनलाई उनकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गरेर घाइते बनाएका थिए । घाइते भएपछि मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उनको फिस्टेल अस्पताल पोखरामा नै उपचार भइरहेको बताइएको छ । ज्वाँइ हाल प्रहरी नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*