मानसरोवरमा ८ भारतीय तीर्थयात्रीको मृत्यू

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार ०८:३६
File Photo

सुर्खेत, २१ असार । कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै खराब मौसमका कारण सयौं यात्रुहरु अलपत्र समेत परेका छन् ।

नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय तथा हुम्ला सदरमुकाम सिमीकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका अलपत्र परेका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ प्रहरीले जनाएको छ ।

भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो । शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रुहरु बिच बाटोमै अलपत्र परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*