छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामुहिक बलात्कार

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार ०८:००
सांकेतिक तस्बिर

सुर्खेत, २१ असार । महिनाबारीका समयमा घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएको खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार महिनावारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*