हेटौँडाबाट पक्राउ परेका १४ मजदुर रिहा
मकवानपुर, २० असार । मकवानपुरको प्रोजियोकेम प्रा.लि.मा आन्दोलन गरेको भन्दै पक्राउ गरिएका १४ जना मजदुर रिहा भएका छन् ।
उद्योगले मजदुरहरुलाई अन्य जिल्लामा सरुवा गरी काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजदुरहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत उद्योग परिसरमा धर्ना दिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
