मनहरीमा ३ दिने नमुना युवा संसद शुरु

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार २०:११

मकवानपुर, २० असार । मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम बुधबारदेखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । शुक्रबारसम्म चल्ने नमुना युवा संसद कार्यक्रमको नारा ‘समृद्ध नेपाल निर्माणको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।

कार्यक्रममा मनहरी गाउँपालिकाका वडा र विद्यालयका ३० जना प्रतिनिधी युवाको सहभागिता रहेको छ । कार्यक्रममा अशोक सारु मगर, सुशीलराज गिरी, नानीमैया बिष्ट लगायतले सहजिकरण गरिरहेका छन् ।

उद्घाटन कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*