विदेशमा ज्यान गुमाएका २७ परिवारलाई ३ करोड ५४ लाख क्षतिपूर्ति
खोटाङ, २० असार । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका खोटाङका २७ परिवारलाई ३ करोड ५४ लाख २० हजार राहत वितरण गरिएको छ ।
मृतकका परिवारलाई बीमा कम्पनी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उक्त रकम वितरण गरिएको हो । २०७४ साल साउन १ गतेदेखि हालसम्म खाडीका देश र मलेसिया पुगेका २७ जनाको ज्यान गएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । दूतावास, परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएको बीमा बापतको रकम सामीको सहजीकरणमा मृतक परिवारले पाएका हुन् ।
