मापसे चेकिङमा हत्यारा पक्राउ

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १९:२८
File Photo

काभ्रे, २० असार । मापसे चेकिङका क्रममा एउटा हत्याको पोल खुल्नुका साथै हत्यारा समेत पक्राउ परेका छन् । मंगलबार राति नियमित मापसे चेकिङका लागि काभ्रेको साँगामा परिचालन भएका ट्राफिक प्रहरीले पोल खोल्न सफल भएको हो ।

त्यहाँस्थित अरनीको राजमार्गको बनेपा तर्फबाट आउँदै गरेको बसमा सवार रामेछाप पटिपुगा गाउँपालिकाका २६ वर्षीय राजबहादुर थामीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थामीलाई इलाका प्रहरी कार्यालय बनेपामा ल्याएर जाँच गर्दा उनको साथबाट सुनको सिक्री, झुम्का, पुराना नोट, तीन किलो जति सिक्का पैसा, तीनवटा मोवाइल समेत फेला परेको थियो ।

अनुसन्धानका क्रममा राजबहादुर सहित बाईक चेककै क्रममा भागेका सन्तोष थामीले पनौती–८ मल्फिकी तिलकुमारी देउजालाई लुटपाट पछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । उनकै बयानका आधारमा घटनास्थल पुगी हेर्दा तिलकुमारी मृत अवस्थामा फेला परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*