हेटौँडामा ३ नम्बर प्रदेश काँग्रेस संसदीय दलको कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १७:२१

हेटौँडा, २० असार । ३ नम्बर प्रदेशसभाको प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसददीय दल कार्यालयको बुधबार उद्घाटन गरिएको छ ।

३ नम्बर प्रदेशसभा सभामुख सानु कुमार श्रेष्ठले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाले प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई संसदीय दलको कार्यालय उपलब्ध गराएकोप्रति सभामुख श्रेष्ठलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, राप्रपा, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेमकिपालगायतका प्रमूख सचेतक, सचेतक, प्रदेशसभा सदस्यहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*