हेटौँडामा प्रतिभा क्लबद्वारा ठूलो पर्दामा विश्वकप हेर्ने व्यवस्था, दर्शकको घुँइचो
मकवानपुर, २० असार । विभिन्न सामाजिक क्रियाकलाप सहित युवा विकासका क्षेत्रमा क्रियाशिल हेटौँडाको प्रतिभा क्लबले रसियामा जारी विश्वकप फुटबल प्रतियोगितालाई प्रोजेक्टरको माध्यमबाट ठूलो पर्दामा हेर्न पाउने व्यवस्था गरेको छ ।

क्लबले हेटौँडा–४ चिल्ड्रेन पार्कमा ठूलो पर्दामा विश्वकप हेर्ने व्यवस्था गरेको क्लबका अध्यक्ष लबराज ठकुरीले जानकारी दिए । ठूलो पर्दामा विश्वकप हेर्नका लागि दैनिक रुपमा दर्शकको भिड लाग्ने गरेको उनले बताए । मर्यादित र पारिवारिक वातावरणमा विश्वकप हेर्ने व्यवस्था भएपछि स्थानीयहरु समेत प्रत्येक दिन सोही स्थानमा विश्वकप हेर्न जम्मा हुने गरेका छन् ।
