चौघडामा २० वटा बाख्रा वितरण

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १६:४९

मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा–६, चौघडा राईगाउँमा २० वटा बाख्रा वितरण गरिएको छ । सिर्जनशिल नागरिक सचेतना केन्द्रले मंगलबार बाख्रा वितरण गरेको हो ।

नगर क्षेत्रमा रहेको विपन्न नगरबासीको आर्थिक स्थितिमा सुधार ल्याउन हेटौँडा उपमहानगरपालिको सुशासन र दिगो विकास कार्यक्रम अन्तरगत १० परिवारलाई १ लाख बराबरको २० वटा बाख्रा वितरण गरिएको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता तथा केन्द्रकी अध्यक्ष मीनमाया रुम्बाको अध्यक्षतामा बाख्रा वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*