मकवानपुर ४६ औँ पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा, कुनै बालबालिका नछुटेको दाबी

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार ११:०७

मकवानपुर, २० असार । मकवानपुर पूर्ण खोप सुनिश्चितता भएको जिल्लाका रुपमा घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडामा भएको कार्यक्रममा मकवानपुरलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।

मकवानपुरमा पूर्ण खोप अभियान २०७२ सालबाट सुरु भएको थियो । थाहा नगरपालिकाबाट सुरु भएको पूर्ण खोप घोषणा कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले २०७५ जेठमा घोषणा गरेसंगै सबै स्थानीय तहमा घोषणा सकिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकले मकवानपुरका ७ हजार एक जना १५ महिना मुनिका बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७ हजार एकसय ८३ जना बालबालिकाले पूर्ण रुपमा खोप लगाएको सुनिश्चितता पश्चात जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको दाबी गरेका छन् ।

देशभर रहेका ७७ जिल्लामध्ये पूर्ण खोप सुनिश्चित गर्नेमा मकवानपुर ४६ औं जिल्ला बनेको समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*