२४ वर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा, स्विट्जरल्याण्डको ६४ वर्षीय सपना चक्नाचुर

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार ०९:४७

रसिया, २० असार । मंगलबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वार्टर खेलमा स्टिजरल्याण्डलाई हराउँदै २४ बर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । स्विडेनले स्विटजरल्याण्डको ९ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाउन सफल भएको छ ।

२४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्विडेनले रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा इमिल फोर्सबर्गकोे गोलमा स्विट्जरल्याण्डलाई १–० गोलले हराउँन सकेको हो । खेलको ६६ औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोल हुन पुगेको थियो ।

अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएपनि गोल गर्न नसक्दा ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विट्जरल्याण्डको सपना चकनाचुर भएको छ । फिफा वरीयतामा छैटौँ स्थानमा रहेको स्विट्जरल्याण्ड २४ औँ स्थानमा रहेको स्विडेनसँग पराजित भएको हो । अब स्विडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*