हेटौँडा जर्नालिजम अवार्डबाट अशोक दर्जीका लागि संकलित रकम बैँक दाखिला

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १८:४९

मकवानपुर, १८ असार । बाल गायक अशोक दर्जीका लागि बर दुबईमा संकलन भएको रकम दर्जीको खातामा जम्मा गरिएको छ ।

असार ८ गते दुबईमा सम्पन्न भएको हेटौँडा जर्नालिजम अवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया कार्यक्रमका दिन नगद हस्तान्तरण गरिएको थियो भने बाँकी १ लाख ४५ हजार ३ सय १५ रुपैँया नेपाल बाणिज्य बैंकमा रहेको अशोक दर्जी ट्रष्टको खातामा जम्मा गरिएको हो ।

दुवईको बरदुवईमा भएको सांस्कृतिक कार्यक्रममा सहभागीहरुले दर्जीको घर निर्माणका लागि सहयोग गरेको रकम बैँक दाखिला गरिएको अवार्डका आयोजक न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए । कार्यक्रममा दुवईमा रहेका स्थानीय आयोजक समिम खान, मनोज गोर्खाली, भीम अधिकारी र मदन अधिकारीले गायक टंक बुढाथोकीका लागि करिब ३० हजार रुपैँया थप सहयोग गरेका थिए । अवार्डका लागि नेपालबाट ५५ जनाको टोली दुवई पुगेर नेपाल फिर्ती भैसकेका छन् ।

दर्जीका लागि दुबईमा रहेका नेपालीहरुले थप रकम सहयोग समेत गरिरहेका छन् । दुबईमा अवार्ड सँगै अन्य बिभिन्न समाजहरुले दर्जीलाई ब्यक्तिगतरुपमा पनि सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*