मलेसियाको एजेन्सीमाथि नेपाल सरकारको हस्तक्षेप नेपाल–मलेसियाको कुटनीतिक सम्बन्ध बिग्रने जोखिम

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १६:२१

काठमाडौं । नेपाल सरकारले मलेसिया सरकारको काम गर्ने एजेन्सीमाथि धरपकड गर्दै हस्तक्षेप गर्दा नेपाल–मलेसियाबीचको सम्बन्ध बिग्रने जोखिम उत्पन्न भएको छ । मलेसिया सरकारको लागि पासपोर्ट संकलनको काम गर्ने मलेसिया भिएलएन नेपाल प्रा.लिमाथि नेपाल सरकारले कुटनीतिक मर्यादा विपरित हस्तक्षेप गरेपछि काठमाडौंस्थित मलेसियाली दुताबासले बक्तव्यमार्फत आपत्ति समेत जनाएको छ ।

काठमाडौंस्थित मलेसियाली दुताबासले गत मे २१ तारिखका दिन एक प्रेस बक्तव्य जारी गर्दै ओएसअी र मलेसिया भिएलएन नेपाल प्रा.लि. मलेसिया जानेहरुको लागि भिषा आवेदन दिन नियुक्त भएका आफ्ना अधिकारिक एजेन्सी भएको जानकारी दिइसकेको छ । कुटनीतिक रुपमा कुनै पनि देशले आफ्नो एजेन्सी भएको जिम्मेवारी लिईसकेपछि सरकारले शुल्क घटाउन मलेसिया सरकारसँग औपचारिक रुपमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नुको साटो उल्टै कुटनीतिक एजेन्सीमाथि धरपकड जारी राख्नुले नेपाल–मलेसियाबीचको कुटनीतिक सम्बन्धमा गम्भिर असर पर्ने देखिन आएको छ ।

काठमाडौंस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कुटनीतिक एजेन्सीका विरुद्धमा नेपाल सरकारले चालेको कदमका सम्बन्धमा मलेसिया सरकार कडा रुपमा प्रस्तुत भएमा नेपालले बार्षिक पाँच लाख युवालाई रोजगारी पाउँदै आएको मलेसियाबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । सो सम्बन्धमा मलेसियास्थित परराष्ट्र मन्त्रालयले पत्राचार गरेको अवस्थामा नेपाल सरकारको कुटनीतिक एजेन्सीमाथि गर्नुपर्ने न्यूनतम अन्तर्राष्ट्रिय व्यवहारको सन्दर्भमा माफी माग्नुपर्ने अवस्था आउन सक्नेछ ।

नेपालमा मलेसिया सरकारबाट नियुक्त भएका तीन थरी कुटनीतिक एजेन्सीले काम गर्दै आएका छन् । जस मध्ये मलेसिया भिएलएन नेपाल प्रा.लि एक हो । सो कम्पनीका सञ्चालक राम श्रेष्ठलाई सरकारले पक्राउ गरी अर्र्बौ ठगीको मुद्दा लगाएको थियो । मलेसिया सरकारको लागि पासपोर्ट संकलनको बखत उठाएको शुल्क नेपालको प्रचलित कानुन अनुसार कर तिरेर सम्बन्धित देशमा पठाउने कार्य गर्दै आएको मलेसिया भिएलएन नेपाललाई अदालतले भने केही हदसम्म न्याय दिन खोजेका छ ।

काठमाडौं र ललितपुर जिल्ला अदालतले सामान्य रकम धरौटीमा रिहा गर्न गरी तारेखमा रहेर मुद्दा लड्न आदेश दिएको भएपनि पुनः पाटन उच्च अदालतमा मुद्दा गर्दै पक्राउ गरेर जेलमा हाल्नुपर्ने भन्दै अर्को मुद्दा समेत दायर गरिएको छ ।

सरकारले अबैध भनेर दावी गरेको एजेन्सी हालसम्म पनि मलेसिया सरकारको लागि काम गर्दै आएको कम्पनी भएको खुलेको छ । नेपालबाट जोसुकै विदेश जानेले उक्त कम्पनीमार्फत नै भिषाको लागि आवेदन दिनुपर्ने व्यवस्था अहिले पनि विद्यमान रहेको काठमाडौंस्थित मलेसियाली दुताबासले जनाएको छ । आफ्नो एजेन्सीमाथि भइरहेको धरपकडको सम्बन्धमा दुताबासले अध्ययन गरिरहेको समेत जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*