४० पटक आमने सामने भएको ब्राजिल र मेक्सिकोको आज घम्साघम्सी

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १४:५६

रसिया, १८ असार । पाँच पटकको विश्व च्याम्पियन बनिसकेको ब्राजिलका लागि आज मेक्सिकोले चुनौति दिँदैछ । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा रहेको छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो खेल परम्परागत प्रतिद्वन्द्वी मेक्सिकोसँग खेल्दैछ, जसले विश्वविजेता जर्मनीलाई घर पठाएर समूह चरण पार गरेको थियो ।

ब्राजिल र मेक्सिको आज सामारा एरिनामा आमने सामने हुँदैछन् । मेक्सिको २४ वर्षदेखिको पाँचौं खेलको अभिसाप मेटाउने दाउमा छ । पछिल्लो ६ विश्वकपमा चार खेलमात्र खेल्न पाएको मेक्सिको हरेक विश्वकपमा चौथो खेलमा पराजित हुनु उसका लागि अभिसापजस्तै बनेको छ । गएको संस्करणमा पनि अतिरिक्त समयमा उसले नेदरल्याण्ड्ससँग २–१ गोलको पराजय व्यहोरेको थियो ।

त्यसको ठीक विपरित ब्राजिल पछिल्लो ६ वटा विश्वकपमा कम्तीमा अन्तिम आठसम्म पुगेको छ । तीमध्ये तीनवटाको फाइलन खेलेको छ भने २ पटक च्याम्पियन बनेको छ । ब्राजिल छैटौं पटक विश्वकपको दावेदार हो ।

स्वीडेनविरुद्धको समूहको अन्तिम खेलमा ३–० गोलले पराजित भए पछि मेक्सिको समूह एफको उपविजेतामा सीमित भएको थियो । उसका सेन्टर ब्याक हेक्टर मोरेलो दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा छन् । यता समूह इ को विजेता ब्राजिलका लागि मेक्सिकोको चोट चिन्ताको विषय हुन सक्छ । किनभने, सर्बियाबिरुघको खेलमा उनी सुरुआती १० मिनेटभित्रै मैदान छाड्न बाध्य भएका थिए ।

ब्राजिल र मेक्सिको अहिलेसम्म ४० पटक आमने सामने भइसकेका छन् । जसमा २३ खेलमा ब्राजिल विजयी भएको छ भने १० खेल मेक्सिकोले जितेको छ । ७ खेल बराबरीमा सकिएका थिए । मेक्सिकोले विश्वकपमा ब्राजिलबिरुद्ध खेलेका पछिल्ला चार खेल जित्न सकेको छैन । १ बराबरी र ३ खेलमा पराजित भएको छ । साथै यी चार खेलमा उसले ११ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन । ब्राजिल पछिल्लो पटक सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*