बाढी र पहिरोले पृथ्वी राजमार्ग बन्द
धादिङ, १८ असार । दुई दिनको लगातार वर्षापछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । साथै धादिङ जिल्लाको सबै ग्रामिण सडक बन्द भएका छन् ।
पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर – ८, तिकराङमा रहेको ढुंगाखानीबाट पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो ।
त्यस्तै धादिङबेसी–सल्यानटार सडक र धादिङबेसी–तिप्लिङ सडकमा वर्षाका कारण हिलाम्य भएपछि पैदल यात्रीलाई समेत समस्या परेको छ ।
