अमेरिकी कब्जा अन्तरिक्षमा पनि, सुनसान अन्तरिक्षमा अमेरिकी सेना तैनाथ हुने

२०७५ असार १८,सोमबार १४:१६

एजेन्सी, १८ असार । सबै क्षेत्रमा वर्चश्व राख्ने छबि बनाएको अमेरिकाले अब सुनसान अन्तरीक्षमा समेत आफ्नो सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा अन्तरीक्षमा हुने कुनैपनि खाले सम्भावित युद्धका लागि तयार हुनेछ । यस सँगै अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुने भएको छ यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग सशक्त वायुसेना रहेको भए पनि अब छुट्टै स्पेस फोर्स अर्थात अन्तरिक्ष सैन्यबल गठनका लागि अघि बढिरहेको बताएका छन् ।अमेरिकी अन्तरिक्ष काउन्सिलको एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको रक्षाको सबालमा केवल अन्तरिक्षमा अमेरिकी उपस्थिति भएर मात्र नपुग्ने र अन्तरिक्षमा अमेरिकी दबदबा नै हुनुपर्ने बताए । अन्तरिक्ष सेनाको गठन केवल रोजगारीका लागि मात्र नभएर अमेरिकी जनताको मनोविज्ञानका लागि पनि उत्कृष्ट कार्य हुने उनको दाबी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*