कुमारीत्वको प्रमाणपत्र पाएपछि मात्र बिहे, लोग्नेको जबरजस्ती चुपचाप सहन बाध्य

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १४:०४

एजेन्सी, १८ असार । मुस्लिम कानुनलाई संसारमा कडा कानुन भनेर चिन्ने गरिन्छ । कडा ईस्लामिक कानुन भएको देशहरुमध्ये इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । जहाँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र माग्ने गरिन्छ ।

बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउने स्थानीय संचार माध्यमहरुमा समाचार छ । यद्यपि कानूनी रुपमा यस्तो गर्नु वर्जित छ । तर धेरै पुरुषहरुले पुरुषवादी समाजमा आफ्नो अधिकारको दुरुपयोग गरी महिलाहरुलाई मानसिक प्रताडना दिने गरेको पाइन्छ ।

इरानी समाजमा बिहे नगर्ने पुरुषलाई नामर्द भनिन्छ र त्यस्तो पुरुष आफ्नो घरपरिवार सँग पनि बस्न पाउँदैन । त्यहाँ रक्सी पिएको फेला परेमा जोकोहीलाई पनि ८० कोर्राको सजाय हुन्छ ।

इरानमा महिलाहरुलाई अन्जान पुरुषसँग भेट गर्न बर्जित छ र गरेको पाइएमा पक्राउ गरिन्छ । त्यस्तै महिलाहरुले कसिलो तथा छोटा कपडा लगाउन र लोग्नेले राखेको यौनसम्पर्कको प्रस्ताव अस्विकार गर्नपनि नपाईने नियम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*