बाढीका कारण माडी–ठोरीको पुल भासियो

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १३:४६

चितवन, १८ असार । चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भासिएको छ । आईतबार रातिदेखि परेको अविरल वर्षा र बाढीका कारण पुल भासिएको हो ।

रौतनी खोलाको पुल भासिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध समेत बनेको छ । बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ ।

त्यस्तै माडीको रिउ खोलामा पानीको सतहले खतराको सूचक पार गरेको छ । सो नदीमा खतराको तह ३.५ मिटर रहेकोमा हाल पानीको सतह ३.५५७ भन्दा बढी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*