नगरपालिका विरुद्धनै रिले अनसनमा बस्ने महोत्तरीका ५ वडाध्यक्ष को को हुन् ?

तु खबर संवाददाता
२०७५ असार १७, आईतवार १६:१८

मकवानपुर १७ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच जना वडाध्यक्षहरु ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्धनै रिले अनशनमा बसेको राससले जनाएको छ ।
नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२ः१५ बजेदेखि रिले अनशनमा बसेका छन् ।
नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी
आफूले नियमसंगत सबै कामकाज गर्दै आएको, आर्थिक अनुशासनको अक्षरशः पालन गरेको र कुनै किसिमको भ्रष्टाचार नगरेको जानकारी दिएका छन् ।
इ चौधरीले कानूनको परिधिभित्रै रहेर नेपाल सरकारकै आदेशानुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जिनीयरका रुपमा बसेर कामकाज गरिरहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*