दाङमा भक्ति थापाको स्मृतिमा पार्क निर्माण

तु खबर संवाददाता
२०७५ असार १७, आईतवार ११:२५

दाङ १७ असार । दाङमा भक्ति थापाको स्मृतिमा पार्क निर्माण गरिएको छ । लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा पार्क निर्माण गरिएको राससले जनाएको छ ।
पार्कमा भक्ति थापाले विगतमा गरेका योगदान र उनका जीवनसँग सम्बन्धित कार्यलाई शिलामा उजागर गरिएको छ । भक्ति थापाको शालिक निर्माण गरी भक्ति थापा स्मृति पार्कभित्र सांकेतिक रुपमा विभिन्न उप पार्क निर्माण गरिएको पुवार थापा क्षेत्री कल्याण समितिका अध्यक्ष निमबहादुर थापाले जानकारी दिए ।

पार्कको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर नेपाल र नेपालीको नाम उच्च राख्न सफल वीरभक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*