घर लिप्ने माटो खन्न जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७५ असार १६, शनिबार ०८:२५

दाङ १६ असार । लमहीमा घर लिप्ने माटो खन्न गएकी एकमहिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ दाङका सञ्चार माध्ययमहरुले जनाएका छन् ।
लमही नगरपालिका–६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटाको ढिस्काबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*