हेटौँडामा भजन मण्डलीले गर्यो असारे गीत महोत्सव

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १८:५२

मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ को अगारेश्वर भजन मण्डलीको आयोजनामा असारे लोक गीत महोत्सव शुक्रबार सम्पन्न भएको छ । असारे भाका संरक्षणका लागि असारे लोकभाका गीत महोत्वसव गरिएको आयोजकले जनाएको छ ।

६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा सस्थाका अध्यक्ष ओमप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी चौलागाईले पछिल्लो समय हाम्रा सँस्कृतिहरु लोप हँुदै पश्चिमी संस्कृतिले जरा गाडेको भन्दै असारे गीत महोत्स गर्नु हाम्रो परम्परा सँस्कृतिको जर्गेना गर्नु भएको बताए । उनले हाम्रो समाज आफ्ना रितीरिवाज कला सँस्कृतिबाट पछाडी परेको भन्दै हरेक वडाले आफ्नो सँस्कृति जोगाउनका लागि यस्ता कार्यक्रम गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा १७ नम्बर वडा सदस्य टिका प्रसाद तिमल्सिना अंगारेश्वर खानेपानी ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम भण्डारी कालीलेक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरवहादुर बिष्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए । असारे गित गाउनका लागि बाराको निजगढ, मकवानपुरको सामरी लगाएतका स्थानवाट कलाकारहरु सहभागी भएका थिए । कार्यक्रम कमल बिष्टले संचालन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*