रातोमाटेको जनजागृति माविमा छात्रवृत्ति वितरण
मकवानपुर, १५ असार । मकवानपुरको हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविले शुक्रबार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा–१ देखि ८ सम्मका सबै २ सय १५ छात्रा, १९ दलित, ८ शारीरिक अशक्त र मावि तहका जेहेन्दार १० विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको प्रधानाध्यापक दिपकलाल खतिवडाले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनकुमार लो, प्रअ खतिवडा र लेखापाल चन्द्रावति लामालगायतले छात्रवृत्ति बितरण गरेका थिए ।
