मकवानपुरमा एक महिने गहुँको छ्वाली हस्तकला तालिम सुरु

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १८:१६

मकवानपुर, १५ असार । राष्ट्रिय युवा परिषदको लोपुन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण, प्रबर्धन तथा प्रमाणीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौँडामा शुक्रबारदेखि १ महिने गहुँको छ्वाली हस्तकला तालिम सुरु भएको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको आज एक कार्यक्रमकाबिच कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नम्बर ३ की सांसद मुनु सिग्देलले उद्घाटन गरेकी छिन् । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि.ले दिने तालिममा १७ जना प्रशिक्षार्थीहरु रहेको जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौँलागाईले जानकारी दिएका छन् । तालिम अवधिभर सहभागीहरुले गहुँको छ्वालीबाट विविध हस्कला सामाग्री निर्माणमा दक्षता हासिल गर्नेछन् ।

उद्घाटन कार्यक्रम प्रदेश सांसद सिग्देलको प्रमु आतिथ्यता तथा युवा समितिका अध्यक्ष चौलागाईंको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*