राजदेवी नगरपालिकामा प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु
रौतहट १५ असार । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको राससले जनाएको छ ।
स्थानीय राजदेवी नगरपालिका वडा नंं। ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।
दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
प्रहरीको गोली लागेर घाइतेभएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए ।
घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोकासमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए ।
