लियो क्लबद्वारा भान्जाहरुलाई दही चिउरा
मकवानपुर, १५ असार । लियो क्लब अफ सुर्योदयले लियो वर्ष २०१८ कोे पहिलो साधारण सभाको अवसरमा मामाघर नेपालमा दही चिउरासँगै मनाएको छ ।
भेलाका अवसरमा हेटौंडामा रहेको मामाघर नेपालमा आश्रित भान्जाहरुलाई दही चिउरा खुवाइएको हो । हेटौंडालाई सडक बालबालिकामुक्त बनाउने अभियानमा रहेको मामाघर नेपालमा आज एक कार्यक्रमको बीच भान्जाहरुलाई दही चिउरा खुवाइएको हो ।
