हेटौँडामा दर्ता नगरी ट्युसन सेन्टर र कन्सल्टेन्सी चलाउनेलाई प्रशासनले नछोड्ने
मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडामा दर्ता नगरी दर्जनौँ ट्युसन सेन्टर र कन्सल्टेन्सीहरु संचालनमा रहेको भन्ने समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्यसमा कडाइ गर्ने भएको छ । कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नियमानुसार दर्ता भई संचालन हुनुपर्ने ट्युसन सेन्टर र कन्सल्टेन्सीहरु ईजाजत नलिई संचालनमा रहेको भन्दै एक हप्ताभित्र दर्ता गरिसक्न आग्रह गरेको छ ।
एक हप्ताभित्रमा समेत दर्ता नभएमा त्यस्ता छात्रावास, ट्युसन सेन्टर, कन्सल्टेन्सी र कोचिङ सेन्टरका संचालकलाई कानुन बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईए अनुसार दर्ता नभई संचालनमा रहेको भन्दै त्यस्ता ट्युसन सेन्टरविरुद्ध उजुरी समेत आएको छ । हेर्नुहोस् विज्ञप्ति–

