मकवानपुरको भोर्लेमा मन्त्रीले रोपे बिरुवा
मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ भोर्लेमा वृक्षारोपण गरेका छन् । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा विहिबार वृक्षारोपण गरिएको हो ।
उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय, मध्यमान्चल क्षेत्रीय वन कार्यालय र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । वृक्षारोपणको क्रममा लिचि, कटहर, कागती गरी ५ सय बिरुवा रोपिएको बताइएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, हेटौँडा–१८ का वडा अध्यक्ष अनिल बाँनिया, जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धिताल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष साधुराम चौलागाई लगायतको उपस्थिती थियो ।
