हर्नामाडीमा चरिचरणमुक्त समूह घोषणा

तु खबर संवाददाता
२०७५ असार १४, बिहीबार १९:५१

मकवनपुर, १४ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको एक सामुदायिक वन उपभोक्ता समूहलाई आजदेखि चरीचरणमुक्त समूह घोषणा गरिएको छ । त्यहाँस्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहलाई आज एक कार्यक्रमको आयोजना गरी चरीचरण मुक्त समूह घोषणा गरिएको हो ।

प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले उपभोक्ताहरु र जनप्रतिनिधिको रोहवरमा समूहलाई चरीचरण मुक्त समूह घोषणा गरेका हुन् । समूहले ६ सय ५ हेक्टर वन क्षेत्रलाई चरीचरण मुक्त क्षेत्र घोषणा गरेको छ । कार्यक्रममा समूहमा आवद्ध विपन्न वर्गका उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन ६३ जना उपभोक्तालाई ९० हजार रुपैयाँ अनुदान रकम वितरण समेत गरिएको थियो ।

समूहका अध्यक्ष रामबाबु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धिताल, रामधुनी सामुदायिक वनका अध्यक्ष दामोदर बानियाँ, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, समूहकी उपाध्यक्ष रेखा थापा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*