बिद्यार्थी र अभिभावकको मन जित्दै हेटौंडाको जी यस निकेतन मा.वि

तु खबर संवाददाता
२०७५ असार १४, बिहीबार १७:३२

मकवानपुर १४ असार । बिगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेर बिद्यार्थी र अभिभावकको मन जित्दै आएको जी एस निकेतनले २०७४ को एसईई परिक्षामा पनि मकवानपुर जिल्लाकै सबैभन्दा बढी ए प्लस र ए ग्रेड ल्याएको छ ।
निकेतन बाट परिक्षामा सहभागि भएका कुल १२३ जना बिद्यार्थी मध्ये,ए प्लस ल्याउनेको संङख्या २१ जना, ए ग्रेड ल्याउनको संङख्या ५४ जना, बी प्लस ल्याउनेको संङख्या ४१ जना, रहेको छ ।

साथै बी ग्रेड ल्याउने ६ जना र सी प्लस ल्याउने १ जना रहेको प्रिन्सिपल ईश्वर लामिछानेले जानकारी दिए ।विद्यार्थीहरुले ल्याएको नतिजामा आफुहरु सन्तुष्ट रहेको प्रिन्सिपल लामिछानेको भनाई छ ।

आगामी दिनहरुमा विद्यालयको शिक्षाको गुणस्तर र शैक्षिक प्रणालीमा समेत अझैं सुधार गर्नको लागि आफुहरुलाई यो नतिजाले प्रेरणा मिलेको लामिछानेको भनाई छ । पास हुने विद्यार्थीहरुलाई उज्जल भविष्यको कामना गर्दै लामिछानेले आफुहरु विद्यार्थीको मनोभावना अनुसारको शैक्षिक प्रणाली र विद्यालयको स्रोत साधनको समेत विकास गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*