अवरुद्ध पासाङ ल्हामु राजमार्ग आज २ बजे खुल्यो

तु खबर संवाददाता
२०७५ असार १४, बिहीबार १६:३३
फाईल फोटो

रसुवा १४ असार । गए रातिको वर्षाले अवरुद्ध बनेको पासाङ ल्हामु राजमार्ग पहिरो आज दिउँसो २ बजेदेखि खुलाइएको छ । जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो ।

आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक खुलाई रोकिएको सबै सवारी साधन खुलेको स्रोतको जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*