सहायक वन अधिकृतलाई रातोमाटेमा स्वागत

तु खबर संवाददाता
२०७५ असार १४, बिहीबार १५:१६

हेटौँडा, १४ असार । चुरे काँड वन उपभोक्ता समुहले इलाका वन कार्यालय रातोमाटेका सहायक वन अधिकृत गायत्री शर्मालाई स्वागत गरेको छ । समुहले बिहीबार एक कार्यक्रमको आयोजना गरी शर्मालाई स्वागत गरेको हो ।

चुरे काँड वन उपभोक्ता समुहका अध्यक्ष मिनबहादुर घलानको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा १५ नम्बर वडाका वडा अध्यक्ष महारत्न लामा, ईलाका वन कार्यालय रातोमाटेका फोरेष्टर यदु प्रसाद घिमिरे, चुरे काँड वन उपभोक्ता समुहका संस्थापक अध्यक्ष भिमबहादुर भोलन लगायतले मन्तव्य व्यक्ता गरेका थिए । स्वागत कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*