मूल्यवृद्धिको विरोधमा तरुण दलको प्रदर्शन

तु खबर संवाददाता
२०७५ असार १४, बिहीबार ०९:३७

काठमाडौँ १४ असार । नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ ।

तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बुधबार काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए ।

यसैबीच नेपाल विद्यार्थी संघले शनिबार प्रकाशित माध्यामिक शिक्षा परिक्षा एसईई नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाहीको गर्न माग गरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*