भण्डारीको ६७ औँ जन्म जयन्तीमा हेटौँडामा मैत्रीपूर्ण फुटबल

तु खबर संवाददाता
२०७५ असार १३, बुधबार १५:२८

हेटौँडा, १३ असार । जन नेता मदन भण्डारीको ६७ औँ जन्म जयन्तीका अवसरमा आज हेटौँडामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

तिन दिने कार्यक्रम अन्तर्गत आज दोश्रो दिन मदन भण्डारी स्पोट्र्स एकेडेमी तथा विद्यालय खेलकुद शिक्षक संघ र निजामति कर्मचारी संगठनबिच हेटौँडाको हुप्रचौरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दुबै टिमले ६–६ गोल गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्ण घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम राजाराम पोखरेलको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*