चर्चित गायिका मेलिना राई र गायक तारा प्रकाशको नयाँ गीत सार्वजनिक

तु खबर संवाददाता
२०७५ असार १३, बुधबार १५:१५

काठमाडौँ , १३ असार । युवामाझ चर्चित गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको आवाजमा सजिएको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत ‘निश्चल हिमाल झै’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दिपेन्द्र थाम्सुहाङले गीतको शब्द रचना गरेका हुन् । भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोमा निराजन प्रधान र सिम्रन श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका हुन् भने नागिन धिमालले ड्रोन चलाएका छन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतको म्यूजिक भिडियोलाई ७ हजारभन्दा बढी पटक हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*