सामुदायिक सञ्चार अभिमुखीकरण तालिम भिमफेदीमा सुरु
मकवानपुर १२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आजबाट २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम सुरु भएको छ । । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको हो ।
उद्घाटन कार्यक्रम भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य तथा सोलुसन मिडियाका निर्देशक रामकुमार एलनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमफेदी वडा नम्बर २ का अध्यक्ष काशीराम बज्यू, वडा नम्बर ३ का अध्यक्ष प्रितीलाल लामा, वडा नम्बर ५ का जार सिं लामा, तु खबर डटकमका प्रधान सम्पादक गिरिजा अधिकारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका कर्मचारी तथा माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा सोलुसन मिडियाका निर्देशक एलन,तु खबरडटकमका प्रधान सम्पादक अधिकारी र नागरिक दैनिकका मकवानपुर संवाददाता अशोकसुजन श्रेष्ठ लगायतले सहजिकरण गरिरहेका छन् ।
बुधबारसम्म संचालन हुने तालिममा गाउँपालिकाका ९ जना कर्मचारी तथा ८ वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

