हेटौँडा बसपार्कबाट लागुऔषधसहित एक युवक पक्राउ
मकवानपुर, ११ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट एक युवक लागुऔषध सहित सोमबार पक्राउ परेका छन् ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका चितवन जिल्लाको साबिक भरतपुर नगरपालिका ९ मिलनचोक बस्ने ३३ वर्षीय कृष्ण बहादुर दराईलाई नियन्त्रणमा लिएको हो । उनको शरीर खानतलासीका क्रममा उनको साथबाट लागु औषध नोरफिन १५ ऐम्पुल र फेनार्गन १५ एम्पुल फेला परेको बताइएको छ ।
उनीमाथि थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
