हेटौँडा उपमहानगरपालिकाको तेस्रो नगरसभाले गर्यो १ अर्ब ६३ करोड ४ लाख अनुमानित बजेट प्रस्तुत

तु खबर संवाददाता
२०७५ असार ११, सोमबार ०८:५०

मकवानपुर ११ असार । हेटौँडा उपमहानगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५र०७६ को वार्षिक अनुमानित वजेट १ अर्ब ६३ करोड ४ लाख ५७ हजार प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको हिजो भएको तेस्रो नगरसभामा उपमेयर मिना लामाले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् ।

कुल बजेटको १०.१८ प्रतिशत मात्र प्रशासनिक खर्चमा हुने बजेटमा उल्लेख छ । बजेटमा वडा स्तरीय आयोजना तथा कार्यक्रमको लागि २० करोड ५० लाख रुपैँया, सामाजिक विकास अन्र्तगत ५९ करोड १७ लाख ५६ हजार, पुर्वाधार विकास क्षेत्र तर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद ब्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख ७० हजार, सस्थागत विकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*