मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले गर्यो ३९ करोड ८८ लाख १३ हजारको बजेट विनियोजन
मकवानपुर ११ असार । मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले ३९ करोड ८८ लाख १३ हजारको बजेट विभिन्न शिर्षकमा विनियोजन गरेको छ ।
हिजो भएको तेस्रो गाउँसभाको कार्यक्रममा उक्त रकमको बजेट विनियोजन गरीएको हो । साथै आर्थिक विद्येयक २०७५ समेत पारित गरीएको छ ।
गाउँपालिकाको पर्यटन विकास ,उद्योग , संञ्चार स्वरोजगार लगाएतको विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरीएको गाउँपालिकाले जनाकारी दिएको छ ।
