मकवानपुरमा समाजवादी युवा फोरम गठन

तु खबर संवाददाता
२०७५ असार ९, शनिबार १९:२२

मकवानपुर ९ असार । मकवानपुरमा समाजवादी युवा फोरम गठन भएको छ । मोहन थिङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । युवा फोरम गठन पछि भेलामा बोल्दै संघीय समाजवादी फोरम नेपाल मकवानपुरका जिल्ला अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शुभ रत्न गोले तामाङले संविधान संसोधन प्रती संघीय समाजवादी फोरम नेपालको भुमिका र युवाहरूको जिम्मेवारी विषयमा मन्तव्य राखेका थिए ।

वर्तमान अबस्थामा नेपालको युवा जनशक्ति बिदेश पलाएन हुन पर्ने बाध्यात्मक परिस्थिति र आगामी समयमा नेपालले स्वदेशमै युवाहरुको ब्यबस्थापन र देश निर्माण गर्न सक्ने कार्ययोजना सहितको प्रशिक्षण समेत गालेले दिएका थिए ।
आजको भेलामा हरि बहादुर रुम्बा सहित विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरू संघीय समाजवादि फोरम नेपालमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*