कर सहयोगी श्रमीक संगठन मकवानपुरमा पुन अर्यालको नेतृत्व
मकवानपुर ९ असार । कर सहयोगी श्रमीक संगठन नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा पुनः पुष्पराज अर्याल चयन भएका छन् । संगठनको आज हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनबाट अर्याल पुनः अध्यक्षमा चयन भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा श्यामेश्वर श्रेष्ठ, उपाध्यक्षमा भीमप्रसाद फुयाँल, सचिवमा प्रदिप अर्याल, सह–सचिवमा शंकर कुँवर र कोषाध्यक्षमा शुभद्रा संजेल चयन भएका छन् । अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवम् संगठनका केन्द्रीय अध्यक्ष उद्वव कडरीयाले राज्यले कर सहयोगीलाई उचित सम्मान नदिएको आरोप लगाएका छन् । राज्यको अर्थतन्त्र बढ्नुमा कर सहयोगीको उल्लेखनीय योगदान रहने बताउँदै उनले कर सहयोगीबीना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने दाबी गरे ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँ, एनआइसी एसिया बैँक हेटौंडा शाखाका प्रबन्धक दिपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
