म्याग्दीमा बालविकास केन्द्र भित्रै वडा कार्यालय

तु खबर संवाददाता
२०७५ असार ७, बिहीबार १५:४८

म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालिका–३ डाँडागाउँको वडा कार्यालयमा पूर्वाधार नहुँदा बालविकास केन्द्रको भवनबाट सेवा प्रवाह हुँदै आएको छ । वडा कार्यालयको आफ्नै भवन नभएपछि स्थानीय किटिनी बालविकास केन्द्रको एउटा कोठाबाट सेवा दिँदै आएको हो ।

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष बिते पनि वडाको कार्याको व्यवस्था हुन नसक्दा समस्या भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताए । उक्त केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्निचरकोसमेत व्यवस्था छैन ।

डाँडागाउँ राज्य पुन  संरचनाअघि तत्कालीन रुम गाविसमा समावेश थियो ।

पूर्वाधारको अभाव खेपिरहेको यस वडामा जनशक्तिको समेत अभावले सेवा प्रवाहमा पनि समस्या हुँदै आएको छ । यस वडामा वडा सचिवसमेत छैनन् । मालिका गाउँपालिकाको २, ३ र ४ नं वडाको सचिवका रुपमा रमाकान्त घिमिरेले काम गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*