सरकारको पटक पटकको मूल्यवृद्धि विरुद्ध तरुण दलको प्रदर्शन

तु खबर संवाददाता
२०७५ असार ७, बिहीबार १५:४१
file photo

पोखरा ७ असार । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध ¥याली निकालेको छ ।

पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*