सूचना लुकाउने कर्मचारीमाथि कडा कारबाहि हुन्छ : प्रमुख आयुक्त बास्कोटा

तु खबर संवाददाता
२०७५ असार ७, बिहीबार १५:३२

भक्तपुर ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कर्मचारीमाथी कडा कारबाही हुने बताएका छन् ।

पत्रकार महासंघ भक्तपुरले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए ।

कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहजरुपमा सूचना उपलब्ध गराउने वातावराण मिलाउन सुझाव समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*