राष्ट्रपतिद्धारा पाकिस्तानी सेनाध्यक्षसंग भेट
मकवानपुर ७ असार । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइ् महमुदबिच भेटबार्ता भएको राससले जनाएको छ ।
प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका छन्
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको भ्रमणमा रहनु भएका जनरल हायातले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंग पनि रक्षा मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
