युवा सरोकारको अभियानमा मकवानपुरका महिला अभियन्ताको यस्तो प्रतिबद्धता
मकवानपुर ७ असार । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाउँपालिकाका २५ जना युवा महिला अभियन्ता तयार भएका छन् ।
कन्र्सोटियम नेपालको आयोजना, बाल कल्याण समाज मकवानपुरको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थानीय समुदायमा बालबालिका तथा युवा सवालमा केन्द्रित भएर सामाजिक अभियानमा क्रियाशील हुनका लागि सघाउ पु¥याउन दुई दिन तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी युवा महिलाहरुले आफ्नो समुदायमा रहेका बालबालिका तथा युवा सवालका विषयमा आवश्यक योजनाका साथ अघि बढ्ने प्रतिबद्घता समेत जनाएका छन् । तालिममा सहभागी बनेका युवा महिलाहरुले आफ्नो समुदायलाई बालमैत्री बनाउँन क्रियाशील रहनुका सार्थ विकास निर्माण प्रकृयामा बालमैत्री पद्घतीको विकास गर्न लागिपर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।
समूह र सञ्जालमा आएका मनमुटाव र द्घन्द्घ हटाउन भूमिका खेल्ने समेत उनीहरुले प्रतिबद्घता व्यक्त गरेका छन् । तालिममा सहभागी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ की चित्रा रेग्मीले भनिन्,‘आफ्नो समुदायमा रहेका समूह तथा सञ्जालमा मनमुटाव एवम् द्वन्द्व हटाउनका लागि अब क्रियाशील बन्नेछु ।’
तलिममा सहभागी बनका युवा महिलाहरुले आफ्नो व्यक्तित्व विकास र नेतृत्प विकासकाल लागि लगनशील भएर लाग्ने, समुदायमा रहेका बालबालिका तथा युवा महिला विरुद्घको विकृती विसङ्गतिलाई हटाउन क्रियाशील हुने, युवा सरोकारका विषयमा स्थानीय निकायको भूमिकालाई क्रियाशील गराउँन समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।
‘तालिममा सहभागी हामी युवा महिलाहरु बाल संरक्षणका लागि बाल सहभागिता नीतिको अबलम्बन गर्दै संविधानदेखि घर व्यवहारसम्म बालसहभागिता प्रबद्र्घनका लागि क्रियाशील हुनेछौं ।’ हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीका सरिता खतिवडाले भनिन्, ‘बालबालिका तथा युवा सवालका विभिन्न पक्षका विषयमा गम्भीर हुदै अब हामी योजनाबद्घ रुपमा अघि बढ्नेछौं ।’
युवाका विभिन्न समस्या, अवसर, बालबालिकाका सवाल, संरक्षणका सवाल, युवाको व्यक्तित्व विकास, स्थानीय तहमा बालबालिका तथा युवाको सहभागिता, मनमुटाव तथा द्वन्द्व व्यवस्थापन लगायतका सवालमा युवा महिलाले तालिममा छलफल गरेका थिए । समुदायमा बालबालिका तथा युवाका सवालमा आइपर्ने विभिन्न समस्या सम्बोधनका लागि स्थानीय युवा महिलाको भूमिका प्रभावकारी हुने भएकाले उनीहरुलाई आवश्यक तालिम प्रदान गरेर अभियन्ताका रुपमा समाजमा अघि बढाइएको तालिम प्रदान गर्ने संस्था बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोेजक प्रकाश खतिवडाले बताए ।
जिल्ला कार्यक्रम संयोजक खतिवडाका अनुसार अभियन्ताका रुपमा तयार बनेका युवा महिलाहरु आगामी दिनमा बालबालिका तथा युवा सरोकारका सवालमा गहन रुपमा लागिपर्ने विश्वास व्यक्त गरे । मकवानपुरमा विगत लामो समयदेखि बालअधिकारका क्षेत्रमा क्रियाशील बालकल्याण समाज आगामी दिनमा बालअधिकार, बालसंरक्षणका सवालमा निरन्तर लागिपर्ने समाजका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए ।
