मकवानपुरे पत्रकार टोली केहि दिनको भ्रमणका दुबई प्रस्थान
मकवानपुर ६ असार । मकवानपुरका केहि पत्रकार र व्यवसायी सहितको टोलि दुबई भ्रमणमा प्रस्थान गरेको छ । मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ मा सहभागि हुन टोलि आज दुबई प्रस्थान गरेको हो ।
कार्यक्रमका निर्देशक मणीराज गौतमका अनुसार आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिनेछ । । उनका अुनसार मकवानपुरबाट उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ ।
वि.सं. २०७४ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ ।

कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग गर्ने कार्यक्रम निर्देशक गौतमले बताए ।
पत्रकारितामा सम्मानित व्यक्तित्वहरुले समेत नविनताको अनुभूति गरुन् र भावि पुस्तालाई समेत प्रेरणा होस भन्ने अभिप्रायले सम्मान तथा अवार्ड कार्यक्रम गर्ने लक्ष्य राखिएको बताईएको छ ।
