महानगरपालिकाद्वारा न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार १६:०८

काठमाडौँ, ६ असार । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् ।

आजदेखि कामपाको ३२ वडामध्ये ११ वटा वडामा तालीम भइरहेको छ । तालीम सञ्चालन हुने वडामा वडा नं २, ३, ४, ५, ६, ७, ८, १०, १३, १४, र २६ रहेका छन् ।

कामपाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गीले वडामा एक÷दुई जनालाई तालीम दिएर परिणाम मापन गर्न नसकिएको हुँदा इच्छुक जो कोहीलाई पनि तालीममा सहभागी गराएर व्यवस्थित र योजनाबद्ध सीप सिकाउने उद्देश्य रहेको जानकारी दिए ।

कामपा वडा नं १४ अध्यक्ष शोभा सापकोटाले समाज रुपान्तरणका लागि आर्थिक उपार्जनका कार्यक्रम आवश्यक रहेकामा जोड दिईन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*